एजुकेशनल ब्युटी सेमिनार on Date:26/03/2019 to 02/04/2019

जुम ब्युटी एकेडेमीबाट आयोजना हुन लागेको एजुकेशनल ब्युटी सेमिनार इटहरीको दुर्गा पार्टिप्यालेसमा यही चैत्र १६, विर्तामोडको होटेल हिकोला हेरिटेज मा चैत्र १८ मा भब्यताका साथ आयोजना हुन लागेको छ । सम्पूर्ण प्रोफेसनल ब्युटिसियन तथा ब्युटि समबन्धी तालिम लिरहेका प्रशिक्षार्थी लगायत मेकअप आर्टिस्ट्लाई लक्षित गरी आयोजना हुन लागेको यो सेमिनारमा बिदेशी प्रविधिबाट आँखिभौ तथा रौं हटाउने विधी जस्तै – पेनलेस वाक्स्, केरटिन हेयर टृट्मेन्ट, हेयर स्ट्रेटनिङ गर्ने प्रविधी लगायत, लेटेस्ट टेक्निकबाट ब्राइडल मेकअप अनि रोयल लूकिङ हेयर स्टाइलिङ टेक्निकको डेमो गर्ने योजना रहेको कार्यक्रममा आयोजक कृष्ण त्वानावासु भन्नु हुन्छ । सेमिनारमा डेमो आयोजक तथा जुम ब्युटी एकेडेमिका संस्थापक कृष्ण त्वानावासु तथा  चक्रधरले गर्दै हुनुहुन्छ । सेमिनारको संयोजक निरम वस्नेत हुनुहुन्छ ।

 

सेमिनार आयोजना गर्ने मुख्य उद्देश्य स्थानिय ब्युटिसियनलाई लेटेस्ट टेक्निकहरुको ज्ञान दिने तथा ट्रेनिङ सिक्न काठमाडौंमा जान सम्भव नभएका ब्युटिसियनहरु लाई समेटेर ब्युटी समबन्धी एजुकेटेड तथा गराउने रहेको छ । जुम ब्युटी एकेडेमिले ब्युटी सेमिनार लगायत मेकअप्, माइक्रो ब्लेडिङ्, हेयर स्टाइलिङ समबन्धी वर्कशप जिल्ला-जिल्लामा सन्चालन गर्नुको साथै ब्युटिसियनहरुको शीप विकास तथा दक्षताका लागी समय-समयमा ब्युटी सेमिनार्, ब्युटी समबन्धी वर्कशप, मेकअप कम्पिटिशन, मेहेन्दी कम्पिटिशना आदी गर्नुको साथै ब्युटी समबन्धी फ्री काउन्सेलिङ पनि गर्दै आएको छ ।

जुम ब्युटी एकेडेमिको भावी योजना नेपाल भरी यस्तै सेमिनार, वर्कशप गरेर सम्पूर्ण नेपाली ब्युटिसियन दिदि, बहिनिहरुलाई शिक्षित बनाएर ब्युटी क्षेत्र उकास्ने रहेको छ । यस्को हेडअफिस कुपन्डोलमा अवस्थित छ भने कलंकि, महाराजगंज, भक्तपुरमा यस्को शाखाहरु विस्तार गरेको छ । सम्पूर्ण ब्युटिसियन दिदी बहिनिको सुविधा तथा गुणस्तरीय शिक्षाको लागी मुलुक भरी शाखा विस्तार गर्ने जुम ब्युटी एकेडेमिको लक्ष्य रहेको छ ।

.

Related Event